काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेद्वयकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान उपचारका क्रममा निधन भएको हो । इन्दिरा ९१ वर्षकी थिइन् ।
पाण्डे लामो समयदेखि स्वासप्रश्वासलगायतका समस्याबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ ।




