काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे। तर, आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ।

SADAK_Nepal Photo Library1

ADVERTISEMENT

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।

SADAK_Nepal Photo Library2

ADVERTISEMENT

उनका अनुसार, ‘ज्यानकै जोखिम हुनसक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ।’

नगर प्रहरी सडकमा नदेखिएपछि काठमाडौँका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। विशेष गरी राइड सेयरिङ चालकहरूले सडक किनारमै सवारी पार्किङ गर्ने, यात्रु कुरेर लामो समय रोक्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने गरेका दृश्यहरू देखिन थालेका छन्।

SADAK_Nepal Photo Library3

यसका कारण सवारी आवागमन प्रभावित हुनुका साथै सडकमा ट्राफिक जाम र अव्यवस्था बढेको स्थानीयले बताएका छन्।

SADAK_Nepal Photo Library4SADAK_Nepal Photo Library5SADAK_Nepal Photo Library6SADAK_Nepal Photo Library7SADAK_Nepal Photo Library8SADAK_Nepal Photo Library9SADAK_Nepal Photo Library10SADAK_Nepal Photo Library11SADAK_Nepal Photo Library12SADAK_Nepal Photo Library13