काठमाडौं। रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गरेका छन्।

प्रदर्शनकारीहरूले नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन प्रभावित पारिएको आरोप लगाउँदै असन्तुष्टि जनाएका हुन्। उनीहरूले विकास निर्माणका कामले गति लिनुपर्ने समयमा प्रशासनिक नेतृत्व नहुनु उचित नभएको बताएका छन्।

विरोध प्रदर्शनका क्रममा ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊँ’ र ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाइएको थियो।

ADVERTISEMENT

स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले जिम्मेवारी पूरा नगरेपछि उनलाई मन्त्रालयले फिर्ता बोलाएको थियो।

ADVERTISEMENT

त्यसपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको कामकाज र बजेट कार्यान्वयन प्रभावित भएको उनीहरूको भनाइ छ।