चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन प्रक्रिया जारी रहेकाले उम्मेदवारको यकिन संख्या निकाल्ने काम भइरहेको छ। उनले आज बिहान ९ बजे उम्मेदवारहरूको प्रथम चरणको नामावली सार्वजनिक गरिने जानकारी दिए।

रास्वपाले निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यबाट नै पदाधिकारी चयन गर्ने व्यवस्था गरेको छ। पदाधिकारीको चयन भने दोस्रो चरणमा हुने जनाइएको छ।

ADVERTISEMENT

निर्वाचन प्रक्रियामा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

पार्टीका करिब चार हजार प्रतिनिधिले मतदानमा सहभागिता जनाउने अपेक्षा गरिएको निर्वाचन आयोगले जनाएको छ।

ADVERTISEMENT