चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ।

महाधिवेशनस्थल चितवनमा पार्टीका प्रमुख नेताहरू स्वर्णिम वाग्ले, सुधन गुरुङ र शिशिर खनालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

ADVERTISEMENT

निर्वाचन कार्यतालिकाअनुसार हाल प्रतिनिधिहरूले विभिन्न पदका लागि उम्मेदवारी फाराम भरिरहेका छन्। केन्द्रीय सदस्य पदमा आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्व चयनलाई लिएर महाधिवेशनमा प्रतिनिधिहरूको विशेष चासो देखिएको छ।

ADVERTISEMENT

उम्मेदवारी दर्तापछि दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ।