काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगको संयुक्त तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने सन्देश दिएका छन्।

आइतबार आफ्नो फेसबुक पेजमार्फत तस्वीर साझा गर्दै प्रधानमन्त्री शाहले ‘पीएम, एचएम, आईएम’ उल्लेख गरेका छन्। तस्वीरमा प्रधानमन्त्री शाहसँगै गृहमन्त्री गुरुङ र पूर्वाधार विकासमन्त्री लम्साल देखिएका छन्।

प्रधानमन्त्रीको उक्त पोस्टलाई सामान्य तस्वीर साझाभन्दा पनि राजनीतिक र प्रशासनिक सन्देशका रूपमा हेरिएको छ। पछिल्लो समय विकास निर्माण, सुशासन र सुरक्षा व्यवस्थापनका विषयमा सरकारमाथि विभिन्न बहस चलिरहेका बेला सार्वजनिक भएको तस्वीरलाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ।

ADVERTISEMENT

गृहमन्त्री गुरुङ आन्तरिक सुरक्षा तथा प्रशासनिक सुधारका विषयमा सक्रिय देखिँदै आएका छन् भने मन्त्री लम्साल पूर्वाधार विकासका आयोजनामा केन्द्रित छन्। प्रधानमन्त्रीले यी दुई मन्त्रीलाई ‘देश बनाउने टोली’को रूपमा प्रस्तुत गर्नु सरकारको प्राथमिकता विकास र सुशासनमा केन्द्रित रहेको सन्देशका रूपमा हेरिएको छ।

सामाजिक सञ्जालमा उक्त पोस्टप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सरकारको एकता र समन्वयको संकेतका रूपमा व्याख्या गरेका छन् भने केहीले तस्वीरभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने टिप्पणी गरेका छन्।

ADVERTISEMENT