काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहन डाँगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक २५ पदमा सर्वसहमतिबाट नेतृत्व चयन गरेको हो।

ADVERTISEMENT

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा, उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। विधान संशोधनपछि उपाध्यक्षको संख्या सात पुर्‍याउने व्यवस्थाअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल थप उपाध्यक्षका रूपमा रहने भएका छन्।

महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन्। सचिवमा कृष्ण घिमिरे र दीपक पौडेललाई थप गरिनेछ।

ADVERTISEMENT

कोषाध्यक्षमा शंकर बस्याल, सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन्।

पाँचजना स्थायी आमन्त्रित सदस्यमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले संगठनभित्र सबै पक्षलाई समेट्ने उद्देश्यसहित विधान संशोधन गरिएको जानकारी दिँदै अबदेखि समावेशी र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाइने बताएका छन्।