काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिको निर्वाचनमा उत्सव अर्याल विजयी भएका छन्।
अर्यालले निकटतम प्रतिद्वन्द्वी डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।
काठमाडौं जिल्ला सहसचिव सौरभ बस्नेतका अनुसार अर्यालले ४१६ मत प्राप्त गरेका छन् भने लामिछानेले ४१४ मत पाएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अन्तिम परिणाम दुई मतको अन्तरले टुंगिएको हो।








