काठमाडौं । फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ जुन ११ (आज) देखि सुरु हुँदैछ। अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन्।
विश्वका फुटबलप्रेमीलाई चासो छ, जुलाई १९ को रात न्युजर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ? यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ। ४८राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन्।
विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ। नेपालीहरुलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको संकेत बजारले पनि गर्छ।
पसलहरुमा विभिन्न देशको जर्सी किन्नेहरु बाक्लै देखिन्छन्। फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन्।
बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन्। तीन चार सयदेखि तीन चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन्।









