काठमाडौं । सैनिक कर्मचारीसमेत रहेकी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ।

भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए। उनीमाथि जेठ २२ गते राति काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा रड प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेको छ।

ADVERTISEMENT

थापालाई बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अनुसन्धान कार्यलाई निरन्तरता दिन अदालतले पाँच दिनको थप म्याद दिएको हो।

न्यायाधीश पिताम्बर शर्माको इजलासले प्रहरीलाई अनुसन्धानका लागि थप समय प्रदान गरेको जनाएको छ।

ADVERTISEMENT

प्रहरीले घटनाबारे थप प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धान प्रक्रिया जारी राखेको छ। हत्या प्रकरणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।