काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबारको बैठकले पाण्डेयलाई अध्यक्षमा नियुक्त गरेको हो ।

पाण्डेय निजामती सेवामा २५ वर्षदेखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गरेका छन् । उनीसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभवसमेत रहेको छ ।

पाण्डेयलाई नेपाल राष्ट्र बैंकमा गर्भनर विश्वनाथ पौडेलले सपथ ग्रहण गराए । सो अवसरमा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डित, कार्यकारी निर्देशकहरु क्रमशः रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, राष्ट्र बैंकका बोर्ड सचिव शरणकुमार अधिकारी, कृषि विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थित थियो ।

ADVERTISEMENT

 

ADVERTISEMENT