काठमाडौं । एनआईसी एसिया बैंक सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।
जेठ १८ गते सम्पन्न बैंकको २८औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अध्यक्ष अग्रवालले सोमबार नै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएको बैंकले जनाएको छ ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने विश्वास लिइएको छ ।








