काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभामा सशक्त ढंगले अघि बढ्ने निर्णय गरेका छन् ।

कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरुको आइतबार बसेको संयुक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको थियो ।

ADVERTISEMENT

बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए ।

राप्रपा प्रमुख सचेतक खुस्बु ओलीका अनुसार संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको छ । खासगरी संसदमा सभामुख डाेलप्रसाद अर्यालकाे भूमिकाबारे विपक्षी दलकाे बैठकमा छलफल भएकाे थियाे । सभामुखकाे भूमिका सरकार र सत्तारुढ दलकाे बचाउमा मात्र केन्द्रित रहेकाे निष्कर्ष निकालिएकाे छ ।