काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका छन् । उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा उपाध्यक्षहरूले खुला रूपमा आफ्नो विचार प्रस्तुत गरेका हुन् ।

शुक्रबार बसेको सचिवालय बैठक मुख्यतः निर्वाचन समीक्षा तथा पार्टीको कार्यविभाजनको विषयमा केन्द्रित रहेको भट्टले जानकारी दिए । उनका अनुसार बैठकमा विभिन्न नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठन विस्तार र आगामी रणनीतिबारे धारणा राखिरहेका छन् ।

ADVERTISEMENT

एक नेताले बैठक शनिबार पनि निरन्तर चल्ने बताए । उनले बैठकमा अझै १२ जना नेताले आफ्नो धारणा राख्न बाँकी रहेको जानकारी दिए ।

‘आज पाँच जना उपाध्यक्षले आफ्नो धारणा राख्नुभयो । भोलि पनि बैठक बस्छ । बैठकमा १२ जना बोल्न बाँकी हुनुहुन्छ,’ उनले भने ।