काठमाडौं । प्रतिनिधिसभामा दुईवटा विधेयक पेस भएको छ । सरकारले नयाँ कानुन बनाउन दुईवटा विधेयक ल्याएको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ पेस गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयक पेस गरेकी हुन् ।

ADVERTISEMENT

मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेस गरिन् । यसअघि सरकारले आठवटा अध्यादेश जारी गरेकाे थियाे । ती अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पेस भइसकेका छन् । प्रतिनिधिसभामा रास्वपाका बहुमत सांसद भएकाले पास हुने भए पनि राष्ट्रियसभामा भने विपक्षीकाे बहुमत भएकाले अनुमाेदन हुने सम्भावना कम छ ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।