कपिलवस्तु । कृष्णनगरस्थित शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।इन्टरनेट सेवा प्रदायक कम्पनी पञ्चकन्या जेवीएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका थापा हाल शिवराज नगरपालिका–३ मदवामा बस्दै आएका थिए।मर्मत कार्यका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई स्थानीयवासी र सहकर्मीले उद्धार गरी उपचारका लागि बुद्ध पोलिक्लिनिक खरेन्द्रपुर पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको थियो।

ADVERTISEMENT

बुटवलस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।