काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो।

सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने तयारी स्वरूप केही मन्त्रालय खारेज र गाभ्ने सम्बन्धी प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा पेस गर्दैछ। हाल कायम रहेकामध्ये चारवटा मन्त्रालय खारेज गर्ने र अन्य ६ वटा मन्त्रालयलाई गाभेर नयाँ नाम कायम गर्ने विषयको विस्तृत खाकामाथि छलफल हुने स्रोतले जनाएको छ ।

ADVERTISEMENT

‘चारवटा मन्त्रालय खारेज हुनेछन् भने ६ वटाको नाम परिवर्तन हुनेछ। हाल मन्त्रालयअन्तर्गत रहेका केही महत्त्वपूर्ण विभाग वा निकायलाई भने छुट्टाएर सीधै प्रधानमन्त्रीको मातहतमा ल्याउने तयारी छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

ADVERTISEMENT

सरकारले मन्त्रालयको पुनर्संरचनासम्बन्धी अध्ययन गर्न केही समयअघि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले संघमा बढीमा १७ वटा मात्र मन्त्रालय राख्न सिफारिस गर्दै आफ्नो प्रतिवेदन बुझाइसकेको छ। सोही प्रतिवेदन र सिफारिसका आधारमा सरकारले मन्त्रालय खारेज तथा गाभ्ने अन्तिम तयारी गरेको हो।

ADVERTISEMENT