काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुहरुलाई सुविधा उपलब्ध गराउन निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ । सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंकसमेतले व्यहोर्ने भएको छ ।

महानगरले वडा नम्बर १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतीय बस सेवा दिने छन् । बिहान ६ देखि राति १० बजेसम्म सञ्चालन हुने बसले यात्रुहरुलाई मुख्य सडकसम्म पुग्न सेवा प्रदान गर्नेछ । हाल विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब दुई किलोमिटरको यात्रा गर्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती हुँदै आएको थियो ।

ADVERTISEMENT

महानगरपालिकाले आगामी असार मसान्तसम्म सम्पूर्ण यात्रुहरुलाई निःशुल्क रुपमा उपलब्ध हुने गरी सञ्चालन गरेको बसहरुको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंकसमेतले व्यहोर्ने भएको छ ।

ADVERTISEMENT

महानगरपालिकाका तर्फवाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फवाट पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख शिवकुमार ढकालले लागत साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले आमसर्वसाधारणका लागि गर्ने यस्ता कार्यमा बैंकले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्ने बताए ।

महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल वस सेवामा सहयोग गरेकोमा प्रशासकीय अधिकृत पोखरेलले धन्यवाद दिए ।

ADVERTISEMENT