काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा उद्योगी वरुण चौधरीले आफ्ना भाइ निर्वाण चौधरीसँग निजी विमानअगाडि खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त पोस्टले विशेष चर्चा बटुलेको छ ।
‘टु ब्रदर, वन जर्नी, फ्रम ग्राउण्ड टु क्लाउड्स’ भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको तस्वीरलाई धेरैले नयाँ वर्षको सुरुआतमै भाइचारा, विरासत, दृष्टि र उचाइतर्फको यात्राको प्रतीकका रूपमा हेरेका छन् ।
सामान्य रूपमा हेर्दा यो एउटा आकर्षक यात्रा–तस्वीर जस्तो देखिए पनि, नयाँ वर्षको सन्दर्भमा यसले अझ गहिरो अर्थ बोकेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ । धेरैका लागि यो पोस्ट केवल दुई दाजुभाइको फ्रेम होइन, एकै लक्ष्य, साझा सपना र नयाँ उचाइतर्फको आत्मविश्वासी यात्राको दृश्यात्मक सन्देश बनेको छ ।
वरुण र निर्वाणाको यो उपस्थितिलाई धेरैले चौधरी परिवारको नयाँ पुस्ताले बोकेको नेतृत्व, निरन्तरता र ग्लोबल सोचको संकेतका रूपमा समेत व्याख्या गरेका छन् । विशेषगरी नयाँ वर्षमा सार्वजनिक भएकाले यस पोस्टले ‘नयाँ वर्ष, नयाँ उचाइ, तर एउटै यात्रा” भन्ने भावलाई बलियो बनाएको टिप्पणी पनि गरिएको छ ।
सामाजिक सञ्जालमा यो तस्वीरलाई ‘सीजीका ग्लोबल पावर ब्रदर्स’ भन्ने रूपमा पनि चर्चा गरिएको छ । धेरै प्रयोगकर्ताले पोस्टमा केवल शैली वा विलासिता नभई पारिवारिक एकता, कर्पोरेट विरासत र भविष्यतर्फको स्पष्ट दृष्टि देखिएको बताएका छन् । त्यसैले यो पोस्टले नयाँ वर्षको शुभकामनालाई पनि केवल औपचारिक सन्देशमा सीमित नराखी प्रेरणा, महत्वाकांक्षा र साझा यात्राको कथामा रूपान्तरण गरेको देखिन्छ ।
नेपाली नयाँ वर्ष प्रायः आशा, संकल्प र नयाँ सुरुआतको समय मानिन्छ । त्यही परिवेशमा आएको यो पोस्टले व्यक्तिगत क्षणलाई सार्वजनिक अर्थ दिएको छ।






