काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा उनको व्यक्तिगत तथा पारिवारिक सम्पत्ति उल्लेख गरिएको हो।

सार्वजनिक विवरण अनुसार मन्त्री वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको उल्लेख गरिएको छ। साथै, उनीसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेको जनाइएको छ।

ADVERTISEMENT

उनका श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको पनि विवरणमा उल्लेख गरिएको छ।

ADVERTISEMENT

आर्थिक पक्षतर्फ हेर्दा मन्त्री वादीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने उनी र उनका श्रीमान्‍को संयुक्त नाममा बैंकमा करिब १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।