काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण पनि सार्वजनिक भएको छ।

सार्वजनिक विवरण अनुसार गौतमले काठमाडौं र चितवनमा दुईवटा घर रहेको उल्लेख गरेकी छन्। काठमाडौंमा रहेको घर उनका श्रीमान गृहेन्द्र घिमिरेको नाममा रहेको छ भने चितवनमा रहेको घर सासु कृष्णदेवीको नाममा रहेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

उनको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ। साथै, उनले विभिन्न बैंकबाट ऋण लिएको पनि खुलाएकी छन्।

राष्ट्रिय वाणिज्य बैंकबाट गाडी खरिदका लागि २० लाख रुपैयाँ ऋण लिएकोमा ७ लाख तिर्सकेको उल्लेख छ। त्यस्तै, एभरेष्ट बैंकबाट पनि २५ लाख रुपैयाँ ऋण लिएको विवरणमा जनाइएको छ।

ADVERTISEMENT

गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको पनि उल्लेख गरिएको छ।

सवारी साधनतर्फ उनले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर एउटा गाडी खरिद गरेको उल्लेख गरेकी छन्। त्यस्तै, उनका श्रीमानले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर अर्को गाडी खरिद गरेको विवरणमा उल्लेख छ, जसमा ऋण, तलब र पुरानो गाडी साटफेर गरिएको स्रोत देखाइएको छ।