काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको विवरणमा उनले सुन, चाँदी, बैंक बचत तथा शेयर लगानीबारे जानकारी दिएका हुन्।
सार्वजनिक विवरण अनुसार श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ। उनले उक्त सुनचाँदी पैतृक तथा विवाहमार्फत प्राप्त भएको बताएका छन्।
त्यस्तै, विभिन्न बैंकहरूमा उनको कुल ५८ लाख ६४ हजार ६३६ रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।
शेयर बजारमा पनि उनको लगानी रहेको देखिएको छ। विवरण अनुसार उनले १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबरको शेयर लगानी गरेका छन्।
यसबाहेक, मन्त्री श्रेष्ठसँग सवारी साधनका रूपमा गाडी, स्कुटर तथा विद्युतीय (इभी) गाडी समेत रहेको जनाइएको छ।








