काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणमा शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहले आफ्नो आम्दानीको प्रमुख स्रोत सामाजिक सञ्जाललाई बताएका छन्। उनले फेसबुकमा करिब ४० लाख, युट्युबमा १२ लाख र एक्स (ट्विटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन्।
त्यस्तै, सम्पत्ति विवरणमा उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी तथा हिरासहितका गहना रहेको उल्लेख गरिएको छ। उक्त गहनाको स्रोत ‘पैत्रिक’ रहेको विवरणमा जनाइएको छ।
सरकार गठनपछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै उठेका प्रश्नबीच प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको विवरण सार्वजनिक गरिएको हो।







