इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सरिफको अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग शनिबार वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, ‘पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।’

ADVERTISEMENT

अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।

ADVERTISEMENT

पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गरेको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ।

यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ADVERTISEMENT

अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।