काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्।चैत २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीले संस्थापक शेयरधनी लक्ष्मी कर्ष नेपाल प्रालि को प्रतिनिधित्व गर्दै आएका बजाजलाई सो जिम्मेवारी दिएको जनाएको छ।

नवनियुक्त अध्यक्ष बजाजको कार्यकाल चैत २३ गतेदेखि लागू हुने गरी निर्धारण गरिएको छ।यसअघि कम्पनीका अध्यक्ष रहेका शुलभ अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीमा नयाँ नेतृत्व चयन गरिएको हो।

ADVERTISEMENT

कम्पनीले नयाँ नेतृत्वसँगै संस्थागत व्यवस्थापन र सेवामा थप सुधार आउने अपेक्षा गरेको छ।

ADVERTISEMENT