काठमाडौं,  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफ्नो सम्पूर्ण वैदेशिक सहयोग कार्यक्रमको पुनरावलोकन सम्पन्न गरेको छ। पुनरावलोकनपछिको नयाँ रणनीति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फस्ट  परराष्ट्र नीतिसँग पूर्णरूपमा समन्वयमा हुने बताएको छ।

नयाँ रणनीतिअनुसार एमसीसीको सहयोग कार्यक्रम अमेरिकालाई  अझ सुरक्षित, समृद्ध र शक्तिशाली बनाउने दिशामा केन्द्रित हुने जनाइएको छ। एमसीसीले निकट भविष्यमा बोर्डको प्रक्रिया, अमेरिकी कांग्रेससँगको समन्वय तथा साझेदार मुलुकहरूसँगको छलफलपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

ADVERTISEMENT

एमसीसीको यो कदमलाई अमेरिकी वैदेशिक सहयोगलाई राष्ट्रिय सुरक्षाको प्राथमिकता तथा रणनीतिक हितसँग जोड्ने प्रयासको रूपमा हेरिएको छ।