काठमाडौं, ११ फागुन। निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ। सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेका छन्।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ।
आयोगले आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने प्रावधान रहेको जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पूर्णरूपमा पालना गर्न आयोगले पुनः आग्रह गरेको छ।








