गौरादह (झापा)। आसन्न प्रतिनिधिसभा चुनाव नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सक्रिय देखिएका छन्।
बालेन गौरादहमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। कार्यक्रममा उनी किसानका समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद लिन र स्थानीय समुदायसँग भेटघाट गर्न व्यस्त रहेका छन्।









