काठमाडौं । ७८ लाख घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ। श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् ।

अख्यिारले श्रेष्ठलाई बुधबार बिहान १० बजेदेखि सोधपुछ सुरु गरेको हो । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री श्रेष्ठ पनि मुछिएकी छिन् । उनकै डिजाइनमा बिचौलियाले गुप्तासँग पैसाको डिल गरेको रहस्य खुलेको छ ।

ADVERTISEMENT

श्रेष्ठ मात्रै होइन, उनको निजी सुरक्षा अधिकृत (पीएसओ) को मोवाइलबाट समेत लेनदेनसम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि अखितयारले बयानका लागि बोलाएको हो ।

ADVERTISEMENT

अख्तियारले मंगलबार गुप्ता र बिचौलिया एवं एमाले कार्यकर्ता सुजन लामासँग भ्वाइस टेस्ट लिएको थियो । स्रोतका अनुसार गुप्ता र लामाको भ्वाइस सार्वजनिक अडियोसँग मिलेको छ । कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस डिल भएको तथ्य सार्वजनिक भएको छ । सो काण्डमा मुछिएका भूमिमन्त्री बलराम अधिकारीले अहिलेसम्म राजीनामा दिएका छैनन् ।