काठमाडौँ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन्। उनी काठमाडौँको ठमेलस्थित बाराही होटलमा सञ्चालनमा आउन लागेको ‘बादशाह क्यासिनो’को उद्घाटन उत्सवमा सहभागी हुन नेपाल आएकी हुन्।

क्यासिनो उद्घाटन कार्यक्रमलाई विशेष बनाउने उद्देश्यसहित आयोजकले सन्नी लियोनीलाई मुख्य आकर्षणका रूपमा आमन्त्रण गरेको जनाएको छ। उनको आगमनसँगै ठमेल क्षेत्र र होटल परिसरमा उत्साहपूर्ण माहोल देखिएको छ।

बलिउडका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय छवि बनाएकी सन्नी लियोनीको नेपाल भ्रमणलाई मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ। उद्घाटन कार्यक्रममा उनको विशेष सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

हिजो मात्र बलिउडका सुपरस्टार संजय दत्त पनि काठमाडौँ पनि क्यासिनो’को उद्घाटन गरि पशुपतिनाथको दर्शन गरेर  फर्केका थिए। पछिल्लो समय बलिउडका कलाकार तथा अन्तर्राष्ट्रिय सेलिब्रिटीहरू नेपाल भ्रमणमा आउने सङ्ख्या बढेको छ। सन्नी लियोनीको आगमनले नेपाली मनोरञ्जन उद्योग र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास आयोजकहरूको छ।