काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान उनी दर्शनका लागि मन्दिर पुगेका हुन् ।
अभिनेता दत्तलाई पशुपति विकास कोषका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई हेर्न पशुपति मन्दिर परिसरमा ठूलो भीड लागेको थियो ।
काठमाडौंमा एउटा क्यासिनो उदघाटनको सिलसिलामा उनी बिहीबार साँझ काठमाडौँ आएका थिए । काठमाडौँ आएलगत्तै उनको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट भएको थियो । त्यस्तै, अभिनेत्री नीति शाहलगायतले सञ्जय दत्तसँग भेटेका थिए ।
उनी आजै मुम्बई फर्किने भएका छन् । सञ्जय अभिनित ‘धुरन्धर’ बलिउडको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।







