काठमाडौँ । साउन महिनामा हिन्दु धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिङ्गमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

ADVERTISEMENT

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो । काठमाडौँमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरू पनि सहभागी हुने क्रम बढेको छ ।

साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

ADVERTISEMENT

काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।