काठमाडौं । घुस लिएर भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राखेर मुद्दा अघि बढाउन विशेष अदालतले आदेश दिएको छ।

बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयान लिइएपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई हिरासतमा राख्ने निर्णय गरेको हो। विशेष अदालतले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त आदेशबारे जानकारी सार्वजनिक गरेको छ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामै राखेर अनुसन्धान तथा मुद्दा प्रक्रिया अगाडि बढाउनुपर्ने आदेश दिएको हो।

ADVERTISEMENT

अदालतको आदेशको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घुस तथा भ्रष्टाचारसम्बन्धी यो मुद्दामा थप कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ।

ADVERTISEMENT