काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा.मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

काठमाडौंको हात्तीवनस्थित निवासमा प्रचण्डले परियारलाई पार्टीमा स्वागत गर्दै प्राज्ञिक व्यक्तित्वको आगमनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

यसअघि बुटवलमा भएको कार्यक्रममा देखिएको व्यवहारलाई लिएर हर्क साम्पाङले कारबाही गरेको पृष्ठभूमिमा परियारको पार्टी परिवर्तन भएको हो। पार्टी प्रवेशपछि परियारले जनयुद्धदेखि गणतन्त्र स्थापनासम्म प्रचण्डको भूमिकाबाट आफू प्रभावित भएको उल्लेख गर्दै अब दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

हर्कले चार दिनमै पार्टीका दुई उपाध्यक्षलाई कारबाही गरेका थिए । सुरुमा उनले देवमान लामा र त्यसपछि परियारलाई कारबाही गरेका थिए । हर्कले त्यत्तिकै कारबाही गरेपछि परियारलाई प्रचण्डले फूलमालाले स्वागत गरेका छन् ।

ADVERTISEMENT