काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनबीच वन टू वन वार्ता जारी छ ।

ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा दुवैबीच भेटवार्ता जारी छ । घरको गेट बाहिर उभिएका जेनजी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङसहितको टोलीले दुई नेताबीच सहमति नजुटेसम्म उनीहरूलाई बाहिर निस्किन नदिने भनेका छन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।

ADVERTISEMENT

गुरुङले भनेका छन्, ‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लगाएर राखिदिएका छौं।’

गुरुङले भनेका छन्, ‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लगाएर राखिदिएका छौं।’
गुरुङले आफूहरू त्यहाँ ‘गार्ड’ को रूपमा बसेको र कोही पनि भित्र पस्न र बाहिर निस्किन नमिल्ने गरी थुनिदिएको ठट्यौली पारामा बताएका छन्। भिडियोमा उनले भनेका छन्, ‘हामी यहाँ अब गार्ड१ कोही पनि भित्र छिर्दैन, कोही पनि बाहिर जाँदैन। दुवैजना थुनिनुभयो। कुरा नमिलेसम्म यत्तिकै हो।’

ADVERTISEMENT

यसैबीच  नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्मा र बालेनबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो कुपण्डोलस्थित कुमार बेनको निवासमा शर्मा र बालेनबीच भेटवार्ता भएको हो । पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार, पत्रकासहित विभिन्न क्षेत्रका भाइरल व्यक्तिलाई समेटेर वैकल्पिक शक्ति निर्माणमा जुटेका बालेन हिजोदेखि सघन भेटवार्तामा व्यस्त छन् । सोहीक्रममा कांग्रेस नेता सुनिल शर्माले उनलाई भेटेका हुन् ।

बालेनसँग आफूले प्रतिनिधिसभा पुनःस्थापना भए के गर्नु हुन्छ भनेर सोधेको शर्माले बताए ।

नोबल मेडिकल कलेजका मालिकसमेत रहेका शर्माले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलमै पुगेर भेटेका थिए । सहकारी ठगी प्रकरणमा अदालतले आदेशले जेल परेका व्यक्तिलाई भेटेको भन्दै कांग्रेसभित्रै उनको आलोचना भइरहेको छ ।