काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा स्थापना गरिएको छ । बिहीबार केन्द्रीय कार्यालयको मन्त्री कुलमान घिसिङले उद्घाटन गर्ने भएका छन् ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो नेपाल पार्टीले बुधबार जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

ADVERTISEMENT

यतिबेला मन्त्री घिसिङ पार्टी संगठन विस्तारका लागि जिल्ला दौडाहामा छन् । उनले मन्त्रालयको कामसँगै पार्टी गतिविधि पनि गर्दै आएका छन् । घिसिङले सय दिन पुगेको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दैछन् । आफ्नो सयदिने उपलब्धिबारे उनले सार्वजनि गर्न लागेका हुन् ।