काठमाडौं । एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण जनाउँदै उनले पदबाट राजीनामा दिएको स्रोतले बतायो ।
बैंकको आज बसेको सञ्चालक समिति बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व अग्रवालको रहेको छ । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि राजीनामा दिएका थिए ।
स्रोतका अनुसार पछिल्लो समय स्वास्थ्य अवस्था अनुकूल नहुँदा नियमित रूपमा कार्यालय उपस्थित भई जिम्मेवारी सम्हाल्न कठिन भएकोले अग्रवालले पद त्याग्ने निर्णय गरेका हुन्। बैंकले अध्यक्षको राजीनामा प्राप्त भइसकेको र आगामी व्यवस्थापन प्रक्रिया अघि बढाइने जनाएको छ।











