काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन कर्जा ट्रयाकिङ सुविधा ल्याएको छ । बैंकले व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्रयाक गर्न सक्ने सुविधा ल्याएको हो ।

यस सुविधाको सुरुवातसँगै कर्जा का लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएको बैंकले जनाएको छ ।

कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ट्रयाकिङ नम्बरु प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गएर  अनलाइन कर्जा ट्रयाकिङ सिधैआफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्ने बैंकले बताएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT