काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा समस्या आएको छ । श्रीवास्तव काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा अत्यधिक दुखाइ र स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धापासीस्थित ग्रान्डी अन्तर्ष्ट्रिय अस्पतालमा पुर्याइएको थियो ।
उनको प्रारम्भिक उपचारपछि थप जाँच गर्दा मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो । राजदूत श्रीवास्तव अस्पतालको आईसीयूमा उपचाररत छन् ।


