काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आव्हान गरेको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ। बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती छ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजकका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका छन्।

बैठकको मुख्य उद्देश्य आगामी निर्वाचनका तयारी, सुरक्षा व्यवस्थापन, राजनीतिक सहमति र समसामयिक राजनीतिक विषयमा छलफल गर्नु रहेको बताइएको छ। अधिकारीहरूले बैठकले निर्वाचन अवरोध हटाउन कानुनी, प्रशासनिक र सुरक्षा तयारीसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको बताएका छन्।