काठमाडौं । फोनपेको सेवा बुधबार (मंसिर १७) केही समयको लागि अवरुद्ध हुने भएको छ । नेटवर्कको डिजास्टर रिकभरी ड्रील हुन लागेकाले फोनपे सेवा लिएका बैंक तथा वित्तीय संस्थाहरुको सेवा अवरुद्ध हुने भएको हो ।

लक्ष्मी सनराइज बैंकका अनुसार फोनपे सेवा बुधबार बिहान १२ः३० बजेदेखि ५ः३० बजेसम्म अवरुद्ध हुनेछ। बैंकले करिब एक घण्टासम्म क्यूआर भुक्तानी, बिल भुक्तानी, रकमान्तर तथा मर्चेन्ट भुक्तानीसहितका सबै सेवामा बाधा आउने उल्लेख गरेको छ। सो अवधिमा रकमान्तर तथा भुक्तानीका लागि कनेक्ट आइपीएस, नेपाल पे डेबिटरक्रेडिट कार्ड, पीओएस लगायतका वैकल्पिक माध्यम प्रयोग गर्न बैंकले आग्रह गरेको छ।

माछापुच्छ्रे बैंकले पनि सोही दिन फोनपे क्यूआर सेवा प्रयोग नगर्न आग्रह गरेको छ। बैंकले जारी गरेको सूचनामा स्विच सेवा प्रदायक नेपाल क्लियरिङ हाउस लिमिटेडले इएफटी कार्ड स्विचलाई नेपाल पे ट्रान्जिसन सपोर्टका लागि आवश्यक मेन्टेनेन्स अपग्रेड गर्ने भएकाले सेवा अवरुद्ध हुने भएकाे हाे ।

ADVERTISEMENT

माछापुच्छ्रे बैंकको सेवा बुधबार बिहान २ः०० बजेदेखि ३ः०० बजेसम्म रोकिँने भए पनि मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ भने यथावत सञ्चालन हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT