काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । कम्पनीले संस्थापक सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले भाद्र २ गते संस्थापक सेयरधीहरुको लागि बिक्रीमा ल्याएको थियो । उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएपछि कम्पनीले आज एक सूचना प्रकाशन गर्दै अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला गरेको एक सूचनामार्फत जानकारी दिएको छ । कम्पनीले सेयरको बिक्री मूल्य प्रतिकित्ता ३ सय ९० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संस्थाहरुलाई सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछ ।





