काठमाडौं । अझै तुुइन मुुक्त हुुन सकेको छै । मुलुकभर १४ वटा तुुइन सञ्चालनमा रहेका छन ।
अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ ।
१० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।
यद्यपि विविध प्राविधिक कारणले तुइन विस्थापित हुन केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर सिडिई स्मिता शर्माले बताउनुभयो ।



