काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनसँग करार सम्झौत गरेको छ। चिनसँग १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न सम्झौता सम्पन्न गरेको बैंकले एक सूचनामार्फत जानकारी दिएको हो ।
राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते वैश्विकरूपमा बोलपत्र आह्वान गरेको थियो। राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ ९दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा० को प्रावधान अन्तर्गत रहेर बिहीबार कम्पनीसँग करार सम्झौता पत्र आदान प्रदान गरिएको छ। प्रति नोट राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर भुक्तानी गर्ने सहमति भएको छ।







