काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहान पौने ६ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहानको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ । उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाका मौसम हरिप्रसाद दाहालले जानकारी दिए ।
आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदलीको सम्भावना छ । अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहने अनुमान छ ।







