काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई सरकारी जागिरमा नियुक्ति दिलाएको विषयले यसले ठूलो रूप लिने देखिएको छ ।

हिजो कांग्रेस, एमाले र माओवादीले ‘नेपो बेबी’ लाई प्राथमिकता दिएको भनेर जेनजी आन्दोलन गर्न उक्साउने प्रधानमन्त्री कार्कीकै सचिवालयमा अहिले त्यही प्रवृत्ति दोहोरिएपछि सर्वत्र आलोचना भएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार नेपाल सरकारको सचिवसरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरहको स्वकीय सहसचिव बनाएका छन् ।

उनका नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै असोज २ गते नियुक्त भएका हुन् ।
कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासुसरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

ADVERTISEMENT

प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको छ ।

नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव ष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । सोमबार फ्रन्टले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै पाँचबुँदे माग अघि सारेको हो ।