काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १७औं मंसिर २६ गते होटल सेफ्रन सिके प्रलि बुटवलमा दिँउसो १२ः३० बजेदेखि आव्हान गरेको हो ।
सभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
त्यसभाले बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।
सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।






