काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आगामी मंसिर ६ गते ‘गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस’ २०८२ आयोजना गर्न लागेको छ ।
बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ ।
एक हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोडमा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही .५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही ३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन ।
साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले  ३५,०००, तृतीय स्थान हासिल गर्नेले .२०,०००, चौथो स्थान हासिल गर्नेले १५,००० र पाँचौ स्थान हासिल गर्नेले  १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही  २०,०००, तृतीय हुनेले  १४,०००, चौथो हुनेले  १०,००० र पाँचौ हुनेले .७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत  २० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नेछ ।
गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने बैंकले विश्वास लिएको छ ।

ADVERTISEMENT