काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारद्वारा स्थापना गरेको भौतिक पुर्वाधार पुनर्निर्माण कोष २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री रामेश्वर  खनाललाई मंगलबार सो सहयोग हस्तान्तरण गरेका हुन ।

भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २५ लाख रकमको आर्थिक सहयोग गरेको हो ।

ADVERTISEMENT

मंगलबार मात्र सात करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT