काठमाडौँ । आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

ADVERTISEMENT

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन तथा सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सचेत गराएको छ ।

ADVERTISEMENT